

अमेरिका–इरान तनाव चुलियो, हर्मुज जलडमरूमध्यको सुरक्षा अवस्था जटिल
काठमाडौं । अमेरिका र इरानबीचको तनाव थप चर्किँदै गएको छ। अमेरिकी सेनाले विहिबार बिहान इरानका विभिन्न महत्वपूर्ण स्थानलाई लक्षित गर्दै पुनः हवाई आक्रमण गरेको दाबी गरिएको छ। इरानी सञ्चारमाध्यमले पनि आक्रमण भएको पुष्टि गरेका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार किश टापु र बन्दर अब्बास क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। घटनापछि उक्त क्षेत्रमा सुरक्षा अवस्था थप जटिल बनेको बताइएको छ।
यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी आक्रमणपछि हर्मुज जलडमरूमध्य सबै जहाजका लागि बन्द गरिएको दाबी गरेको छ। साथै, उक्त जलमार्ग प्रयोग गर्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनीसमेत दिइएको छ।
यसैबीच, इरानले बहराइनमा रहेको अमेरिकी सैन्य आधारलाई लक्षित गरेको दाबी गरिएको छ। तर यसबारे स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।
अर्कोतर्फ, अमेरिकाले हर्मुज जलडमरूमध्य नजिकै रहेको ‘सेत्तेबेल्लो’ नामक तेलवाहक जहाजमाथि क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ। आक्रमणपछि जहाजको इन्जिन कक्षमा आगलागी भएको थियो।
उक्त जहाजमा २८ जना चालकदल सदस्य सवार रहेका थिए, जसमध्ये २४ जना भारतीय नागरिक रहेको जनाइएको छ। घटनापछि २१ जनालाई सुरक्षित उद्धार गरिएको छ भने ३ जना अझै बेपत्ता रहेका छन्।
पलाउको झण्डा बोकेको उक्त तेलवाहक जहाज आक्रमणका समयमा ओमानको सोहार बन्दरगाहबाट करिब ३७ किलोमिटर टाढा रहेको बताइएको छ।
यद्यपि, अमेरिकी केन्द्रीय कमान्डले हर्मुज जलडमरूमध्यमार्फत व्यावसायिक जहाजहरूको आवतजावत अझै जारी रहेको जनाएको छ। तर इरानको आईआरजीसीले अमेरिकी दाबी अस्वीकार गर्दै क्षेत्रीय समुद्री सुरक्षा आफ्नो नियन्त्रणमा रहेको जनाएको छ।
अमेरिका र इरानका परस्परविरोधी दाबीका बीच विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने हर्मुज जलडमरूमध्यको अवस्था अन्तर्राष्ट्रिय समुदायको उच्च चासोको विषय बनेको छ।
समाज
थप सामाग्री-
प्रहरी युक्ति तालिम महाविद्यालयको नेतृत्वमा एसएसपी अजय केसी, भव्य स्वागतसहित जिम्मेवारी ग्रहण
-
व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा अभियोग दायर
-
जेठमै चार पटक बढ्यो अण्डाको मूल्य, किसानलाई राहत तर उपभोक्तामाथि मूल्यवृद्धिको दबाब
-
११ रोपनी सार्वजनिक जग्गाको खेल? नमोबुद्धमा उठ्यो करोडौँको विवाद, स्थानीय पुगे प्रधानमन्त्रीको ढोकामा
-
भूमिहीन दलित र सुकुम्बासीलाई ६ सय दिनभित्र जग्गा उपलब्ध गराउने सरकारको तयारी
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
७ घण्टा अगाडि
1.3kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…



