आर्थिक विधेयक त्रुटि प्रकरणमा अर्थमन्त्री वाग्लोको स्पष्टीकरण, “कर्मचारीको प्राविधिक कमजोरी”

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकको छपाइका क्रममा देखिएका प्रतिशत र रकमसम्बन्धी त्रुटिहरू कर्मचारीको प्राविधिक कमजोरीका कारण भएको स्पष्ट पार्नुभएको छ।

प्रतिनिधिसभा र संसदीय समितिहरूमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले क्याबिनेटमा पेस गरिएको प्रस्ताव तथा छलफलमा कुनै त्रुटि नभएको दाबी गर्नुभयो। छपाइका क्रममा मात्र केही छुट तथा गल्ती भएको उहाँको भनाइ छ।

उहाँका अनुसार आर्थिक ऐनको दफा १८ अनुसार सरकारलाई कर दर समायोजन गर्ने अधिकार नियमित रूपमा प्रयोग हुँदै आएको व्यवस्था हो, जसलाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको हो।

मन्त्री वाग्लेले कर दर हेरफेर, सूचना चुहावट तथा भन्सार दरमा चलखेल भएको भन्ने आरोपलाई अस्वीकार गर्दै त्यस्ता दाबीहरूमा कुनै आधार नभएको बताउनुभयो। साथै, नियोजित रूपमा पाना गायब पारिएको भन्ने आरोप पनि असत्य रहेको उहाँको स्पष्टोक्ति छ।

उहाँले कुनै पनि गलत कार्य प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्ने चेतावनी दिँदै आफू र प्रधानमन्त्रीविरुद्ध संगठित समूह सक्रिय रहेको आरोपसमेत लगाउनुभएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
230 Shares