

नेपाल चिकित्सक संघ धरान शाखाको अध्यक्षमा- डा. रोशन
काठमाडौं माघ २९ ।
नेपाल चिकित्सक संघ धरान शाखाको अध्यक्षमा धरान स्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका वरिष्ठ विशेषज्ञ डा. रोशन प्रसाद शाह कलवार निर्वाचित भएका छन्।
शुक्रवार भएको निर्वाचनमा उनका प्रतिद्वन्दी सोहि अस्पतालका एनाटोनी विभागका डा. सन्दीप शाह लाई १ मतान्त्तरले डाक्टर कलवार विजयी भएका हुन्। डा. कलवार सहित ९ जनाको कार्यसमिति निर्वाचित भएका छन् । संघको बरिष्ठ उपाध्यक्षमा प्रविद गजुरेल, उपाध्यक्षमा निरज रेग्मी (निर्विरोध ) निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा डा. निर्मल प्रसाद साह, कोषाध्यक्षमा डा. श्यामप्रसाद काफ्ले निर्विरोध चयन भएका छन्।
३ वर्षको कार्यकालका लागी भएको निर्वाचनमा सुनसरी जिल्लाभरका विभिन्न अस्पतालमा कार्यरत १६७ जना (डाक्टर ) चिकित्सहरुले भोट हालेका थिए ।
अध्यक्ष पदमा चयन भएपश्चात डा. कलवारले बिरामी हाम्रालागि भगवान हुन उनीहरूलाई राम्रो सेवा सुविधा दिने छु, बिरामी ठगिनु हुदैन, ठगिनुबाट जोगाउने छू, साथै डाक्टरहरुको पेसागत हाक हितका निम्ति सदै तत्पर रहने छु, भनेका छन् । चिकित्सा शिक्षा सुधार गर्दै चिकित्सा अध्ययनरत विद्यार्थीहरूको हक, हित र सहजताका लागि नेपाल चिकित्सक संघको स्थापना भएको हो । यसका साथै चिकित्सकहरुको सम्बन्ध सुदृढ गरी विरामी तथा सेवा ग्राहीहरुको सहजताको सिर्जना गर्नु पनि संघको उदेश्य रहेको बताइएको छ।
समाज
थप सामाग्री-
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
-
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
-
मधेशमा सुधारको नयाँ अध्याय लेख्दै डिआईजी गोविन्द थपलिया : आठ महिनामै ऐतिहासिक छाप
-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
१६ घण्टा अगाडि
1.9kViews 162 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवसँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा फैलाइएको…



