

कालीमाटी बजारमा कृषिउपजको नयाँ थोक मूल्य निर्धारण, केही तरकारीमा उल्लेखनीय उतारचढाव
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार गोलभेँडा, आलु, प्याजदेखि लिएर हरियो तरकारी, फलफूल तथा माछामासुजन्य वस्तुहरूको मूल्य तोकिएको छ ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) रु २०, टनेल गोलभेँडा रु ३५ कायम गरिएको छ । त्यस्तै आलु रातो (लाम्चो) रु ३८, गोलो रु ३५, मुढे रु ३५ र सेतो आलु प्रतिकिलो रु ३० निर्धारण गरिएको छ । प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२ तोकिएको छ ।
त्यसैगरी गाजर, बन्दा, काउली, मूला, भन्टा, बोडी, सिमी, लौका, करेला, घिरौँला, भिन्डी लगायतका दैनिक उपभोग्य तरकारीहरूको मूल्य पनि तय गरिएको समितिले जनाएको छ ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा दर्जन रु २००–२२०, अनार रु ४२०, कागती रु १८०, आँप, लिची, मेवा, जुनार लगायतका फलफूलहरूको पनि नयाँ थोक मूल्य निर्धारण गरिएको छ ।
यस्तै, च्याउ, गुन्द्रुक, तोफु, सागसब्जी तथा मसलाजन्य वस्तुहरूको मूल्य पनि समेटिएको छ । सुकेको खुर्सानी प्रतिकिलो रु ५००, अकबरे खुर्सानी रु ३००, अदुवा रु १३०, लसुन रु १८०–२२० सम्म निर्धारण गरिएको छ ।
समितिका अनुसार माछा तथा अन्य प्रोटिनजन्य वस्तुहरूको मूल्य पनि समायोजन गरिएको छ । ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, बचुवा रु ३०० र छडी रु २५० तथा सुकेको माछा प्रतिकिलो रु १,००० कायम गरिएको छ ।
कालीमाटी बजारको मूल्य सूची दैनिक रूपमा अद्यावधिक हुने भएकाले उपभोक्ता र व्यापारी दुवैलाई सोही अनुसार कारोबार गर्न समितिले आग्रह गरेको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



