

मुद्दती निक्षेपको ब्याजदर थप घट्यो, औसत ४.२६ प्रतिशतमा झर्यो
काठमाडौँ । असार महिनाका लागि वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर थप घटेको छ। बैंकहरूले आइतबार सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार २० वटा वाणिज्य बैंकको औसत ब्याजदर ४.३४ प्रतिशतबाट घटेर ४.२६ प्रतिशतमा पुगेको छ।
व्यक्तिगत निक्षेपमा ब्याजदर घटाउने बैंकहरूमा एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंक रहेका छन्।
एनएमबि बैंकले जेठमा ४.८ प्रतिशत रहेको ब्याजदर घटाएर ४.७५ प्रतिशत कायम गरेको छ। प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको छ भने हिमालयन बैंकले ४.२५ प्रतिशतबाट ४ प्रतिशतमा पुर्याएको छ।
त्यसैगरी लक्ष्मी सनराइज बैंक र एनआईसी एशिया बैंकले ४.५ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर ४ प्रतिशतबाट घटेर ३.९५ प्रतिशतमा झरेको छ भने कुमारी बैंकको ब्याजदर ३.९६ प्रतिशतबाट घटेर ३.९१ प्रतिशत कायम गरिएको छ।
बैंकहरूको निरन्तर घट्दो ब्याजदरले निक्षेपकर्ताको प्रतिफलमा थप दबाब परेको देखिएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



