सुनको मूल्यमा एकैदिन ५ हजार रुपैयाँको वृद्धि, चाँदी पनि महँगियो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले वृद्धि भएको हो।

आइतबार प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार बढेर प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको छ।

त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १२० रुपैयाँले बढ्दै चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघका अनुसार आज प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ५५ हजार ६ सय ६० रुपैयाँ कायम भएको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरूको भनाइ छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
297 Shares