

काठमाडौं उपत्यकामा चिसो बढ्न थाल्यो
हिजो सोमबारदेखि काठमाडौं उपत्यकामा चिसो बढ्न थालेको छ।अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
काठमाडौं उपत्यकामा सोमबार यता चिसो बढ्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसमविद हिरा भट्टराईका अनुसार अब क्रमिक रुपमा चिसो बढ्दै जाने छ। तापक्रम कम हुने क्रम सुरू भएकाले चिसो बढ्दै जाने उनले बताए।
बिहान बेलुकाको तापक्रम हिजोबाट घट्न थालेको छ। घाम लाग्ने भएकाले दिउँसो खासै चिसो नभए पनि बिहान र बेलुकाको तापक्रम कम भएकाले चिसो अनुभव हुन थालेको छ’, उनले भने।
उनले केही पश्चिमी वायुहरू सक्रिय भइरहेकाले उनीहरूले चिसो लिएर आउने जानकारी दिए।
‘केही पश्चिमी वायुहरू सक्रिय छन्, चिसो पनि उनीहरूले नै लिएर आउने भएकाले यस्तो भएको हो’, भट्टराईले भने,‘अब बिस्तारै चिसो बढ्दै जानेछ।’ हाल जुम्लाको तापक्रम ४ डिग्री सेल्सियस छ भने जिरीको ५.७ र जोमसोमको तापक्रम ६ डिग्री सेल्सिय रहेको छ। यस्तै काठमाडौं उपत्यकाको तापक्रम १२.२ डिग्री सेल्सियस रहेको छ
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



