

प्रतिनिधिसभा बैठक आज : विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले दिनेछन् जवाफ
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ।
संसद् सचिवालयका अनुसार युवा तथा खेलकुद, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले स्पष्टीकरण तथा जवाफ प्रस्तुत गर्नेछन्।
त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका बजेट शीर्षकहरूमाथि सांसदहरूले राखेका धारणा र प्रश्नको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अन्तिम चरणमा पुगेको बेला आजको बैठकलाई महत्त्वपूर्ण मानिएको छ। मन्त्रालयगत बजेटमाथि उठेका विषयमा सरकारको धारणा सार्वजनिक हुने भएकाले बैठकलाई चासोका साथ हेरिएको छ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
११ घण्टा अगाडि
2.5kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



