नर्वेको शानदार सुरुवात, विश्वकप डेब्यूमा हालान्डको दुई गोल, इराक ४–१ ले पराजित

काठमाडौं । फिफा विश्वकपमा नर्वेले आफ्नो अभियानको शानदार सुरुवात गरेको छ। समूह ‘आई’ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको हो।

नर्वेको जितमा स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने। विश्वकप डेब्यू खेलमै दुई गोल गरेका उनले टोलीको जितमा निर्णायक भूमिका निर्वाह गरे।

खेलको २९औँ मिनेटमा हालान्डले पहिलो गोल गर्दै नर्वेलाई अग्रता दिलाए भने ४३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसअघि इराकका अयाम हुसैनले ३९औँ मिनेटमा गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाएका थिए। पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो।

दोस्रो हाफमा मार्टिन ओडेगार्डको नेतृत्वमा नर्वेले खेलमाथि पूर्ण नियन्त्रण जमायो। ७१औँ मिनेटमा ओडेगार्डले आकर्षक गोल गर्दै अग्रता ३–१ मा पुर्‍याए।

त्यसपछि इन्जुरी समयमा इराकका खेलाडीबाट भएको आत्मघाती गोलसँगै नर्वेले ४–१ को फराकिलो जित सुनिश्चित गर्दै प्रतियोगितामा बलियो सुरुवात गरेको हो।

नर्वेले यस जितसँगै समूह चरणमा आत्मविश्वासी सुरुवात गरेको छ भने इराकलाई भने पहिलो खेलमै कठिन हार व्यहोर्नु परेको छ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
११ घण्टा अगाडि

2.5kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
342 Shares