राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५० रुपैयाँ ९५ पैसामा खरिद

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु. १५०.९५ र बिक्रीदर रु. १५१.५५ तोकिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर रु. १०६.५५ र बिक्रीदर रु. १०६.९७, क्यानेडियन डलर एकको खरिददर रु. १०७.७१ र बिक्रीदर रु. १०८.१३ निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर रु. १७४.९५ र बिक्रीदर रु. १७५.६५ कायम गरिएको छ भने बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर रु. २०२.३६ र बिक्रीदर रु. २०३.१७ तोकिएको छ ।

राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ । साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने पनि जनाएको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

2.9kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
464 Shares