

अख्तियारद्वारा पूर्वमन्त्री आरजु राणा देउवालाई बयानका लागि तीन दिनको म्याद, घरमै सूचना टाँस
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी (पासपोर्ट) छपाइसम्बन्धी कथित भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका क्रममा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवालाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ ।
आयोगले उनलाई उपस्थित हुन स्वदेशमा फेला नपरेपछि काठमाडौंको बुढानीलकण्ठस्थित उनको घरमा सूचना टाँस गरी म्याद तामेल गरेको हो । आयोगले जारी गरेको सूचनाअनुसार सूचना बुझिएको वा घरमा टाँस भएको मितिबाट बाटोको म्यादबाहेक तीन दिनभित्र आयोगको टंगालस्थित महाशाखामा उपस्थित हुन भनिएको छ ।
यसैबीच, परिवारसहित विदेशमा रहेकी देउवाले इमेलमार्फत तत्काल उपस्थित हुन नसक्ने जानकारी गराउँदै स्वास्थ्य उपचारका कारण समय आवश्यक परेको उल्लेख गरेकी छिन् ।
उनी नेपालबाट प्रस्थान गर्दा उनका पति, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य उपचारका लागि गएका थिए । त्यसपछि उनीहरू सिंगापुर, भारत हुँदै हङकङ पुगेको र पछिल्लोपटक हङकङमा देखिएको भिडियो सार्वजनिक भएको दाबीसमेत गरिएको छ ।
उक्त प्रकरणमा पासपोर्ट छपाइको ठेक्का पाएको जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसका सञ्चालकद्वय तथा भेरिडास कम्पनीका सञ्चालकद्वयलाई पनि आयोगले बयानका लागि बोलाएको छ । उनीहरू विदेशी नागरिक भएकाले सार्वजनिक सूचना जारी गर्दै भौतिक वा भर्चुअल माध्यमबाट उपस्थित हुन भनिएको आयोगले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बयान अनुसन्धान प्रक्रियाको महत्वपूर्ण चरण हो, जसमा आरोपितलाई आफ्नो पक्ष राख्ने अवसर दिइन्छ । अनुसन्धान अधिकारीहरूका अनुसार सम्पर्क प्रयास असफल भएमा म्याद तामेल, सार्वजनिक सूचना, पक्राउ वा आवश्यक परे फरार अभियुक्तका रूपमा मुद्दा दायर गर्ने कानुनी प्रक्रिया अपनाइन्छ ।
आयोगले अनुसन्धानलाई अगाडि बढाइरहेको र आवश्यक प्रमाण तथा तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
2.9kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



