

महानगरले हटायो न्युरोडमा व्यापारीले बनाएको झिलिमिली
न्यूरोडस्थित पसलहरूमा व्यापारीले तिहारका लागि राखेको झिलिमिली काठमाडौं महानगरपालिकाले हटाइदिएको छ।
पसल सजावटको लागि राखिएका फूल गेट र झिलिमिलीले सर्वसाधारणलाई बाटो हिँड्न कठिनाइ भएको भन्दै महानगरले आज हटाएको हो।काठमाडौं महानगरका प्रहरी उपरीक्षक राजु पाण्डेले न्युरोड क्षेत्रका पसल अगाडि राखिएका फूल गेटलगायत संरचना हटाइएको जानकारी दिए।
उनकाअनुसार ती सजावट सामाग्रीले मानिसहरूलाई फुटपाथमा हिँड्न कठिनाइ भइरहेको थियो। 
‘उहाँहरूले पसल सजाउने भन्दै फलाम प्रयोग गरी सजावटका सामग्री नै फुटपाथमा राख्नुभएको थियो,’ उनले भने, ‘फुटपाथमा समेत असर पर्ने गरी राखेका र फलाम प्रयोग गरी राखिएका सजावटका सामग्री मात्र महानगरले हटाएको छ।’सुनचाँदी व्यवसायीहरूले फूलले सजावट गरेका थिए। पसलमाथि राखिएका सजावट भने हटाइएको छैन।पछिल्लो समय महानगरले फुटपाथ खाली गर्दै आएको छ। त्यसका साथसाथै विभिन्न अनधिकृत संरचना पनि भत्काउँदै आएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



