

घरजग्गाको कारोबारमा मन्दी, आधाभन्दा बढीले घट्यो कारोबार
चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासमा घरजग्गाको कारोबारमा मन्दी देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षको ३ महिनाको तुलनामा घरजग्गाको कारोबारमा कमी देखिएको हो ।विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू वर्षको साउन महिनामा देशभरका १२८ वटा मालपोत कार्यालयबाट ३३ हजार ८३४ वटा घरजग्गा किनबेच भएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा करिब ३४ हजार वटा घरजग्गा लिखत पारित भएको हो । यस्तै, साउन महिनामा ३ हजार १३२ वटा घरजग्गा नामसारी समेत भएको छ ।भदौ महिनामा देशभरमा ३४ हजार ७२० वटा घरजग्गा किनबेच भएको थियो भने २ हजार ८३९ वटा घरजग्गाको नामसारी भएको थियो । यसैगरी, असोज महिनामा २५ हजार ७८९ वटा घरजग्गा किनबेच भएको र २ हजार ३३९ वटा घरजग्गा नामसारी भएको छ । चालू वर्षको ३ महिनामा देशभर कूल ९३ हजार ४६२ घरजग्गा कारोबार भएको छ ।गत आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा देशभरका मालपोत कार्यालयबाट २ लाख ४ हजार ९३८ वटा घरजग्गा किनबेच (लिखत पास) भएको विभागले जनाएको छ । यो चालू वर्षको ३ महिनाको अवधिमा भएको कारोबारभन्दा १ लाख ११ हजार ४७६ वटा घरजग्गाको कारोबार बढी हो ।गत वर्षको साउन महिनामा देशभरबाट ७५ हजार ४१७ घरजग्गा कारोबार भएको थियो । साउन महिनामा ४ हजार ५३३ वटा घरजग्गा नामसारी भएको थियो । यस्तै, भदौ महिनामा ७० हजार ९० वटा घरजग्गा किनबेच भएको र ४ हजार ७६३ वटा घरजग्गा नामसारी भएको विभागले जनाएको छ । यसका साथै, असोज महिनामा ५९ हजार २२७ वटा घरजग्गा किनबेच भएको र ३ हजार ९२२ वटा घरजग्गा नामसारी भएको विभागले जनाएको छ । 
गत वर्ष कोरोना महामारीका कारणले अन्य क्षेत्रमा लगानी संकृचित भएर सेयर बजार केन्द्रीत भएको थियो । यसैकारण सेयर बजारमा आएको उछालका कारणले घरजग्गाको कारोबार बढेको थियो । करिब ४ वर्षदेखि १२ सयदेखि १३ सय विन्दुको नजिक घुमेर बसेको परिसूचक २०७७ सालदेखि बढ्न थालेको थियो । जुन, २०७८ सालसम्ममा बढेर अहिलेसम्मकै उच्च बिन्दु ३१ सय ९८ अंकमा पुगेको थियो ।
कोरोना महामारीका कारणले लगानीका सबै क्षेत्र बन्द हुँदा सेयर बजारमा लगानी बढ्यो । तर, विस्तारै अर्थतन्त्र चलायमान बन्न थालेसँगै सेयर बजारको लगानी विभिन्न क्षेत्रमा फैलिँदा बजार पुनः घटेको छ । यद्यपि, गत वर्ष लगानीकर्ताले सेयर बजारबाट भएको आम्दानी घरजग्गामा लगानी गर्दा यसतर्फको कारोबार बढेको थियो । जुन, अहिले घटेको छ । यसका साथै, यतिबेला बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव छ । फलस्वरूपः उद्योग कलकारखानाको लगानी नै खुम्चिएको छ । यस्तै, यतिबेला बैंक ब्याजदर बढेर १८ प्रतिशत हाराहारी पुगेको छ । यहीकारणले पनि घरजग्गा क्षेत्रमा मन्दी देखिएको छ ।रातोपाटी बाट
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



