

आजदेखि विद्यालय खुल्ने
काठमाडौं फागुन १ : देशभरका शैक्षिक संस्थामा आइतबारदेखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थामा आजदेखि (आइतबार) पठनपाठन हुने भएको हो । विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टरहरू सञ्चालनमा आउने सरकारले जनाएको छ ।
शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको मिति २०७८ माघ २३ को सिफारिसमा उक्त निर्णय भएको उल्लेख छ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेछ ।
कोरोना संक्रमण जोखिमका कारण शैक्षिक संस्थाहरूले भर्चुअल पठनपाठन गरेका थिए । तर, विद्यार्थीहरूले भर्चुअल पठनपाठन भए पनि प्रभावकारी नभएको गुनासो गर्दै आएका छन् ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
११ घण्टा अगाडि
2.5kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



