

दीपावली गरेको दीयोबाट सल्कियो आगो
बालाजुको लोलाङ हाइटमा सोमबार साँझ आगलागी भयो । बेम्बो नियाशा सुज फ्याक्ट्रिमा लक्ष्मी पूजा गर्दा बालेर छाडेको दीयोबाट आगो सल्किएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । बेम्बो नियाशा सुज फ्याक्ट्रि लिला बहादुर कार्कीले संचालन गरेका हुन् । उनका छोरा सविन कार्की दिपावली गरेपछि कार्यालय बन्द गरेर घरमा पूजा गर्न हिँडेका थिए । घरमा नपुग्दै आगोको झिल्को देखेपछि अफिस खोल्दा आगोमा परेर उनको हातमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । जुत्ता कारखानाबाट सल्केको आगोका कारण सो घरमा संचालित गोरखाली रेष्टुरेण्ट र मोटरसाइकल वर्कशपमा क्षति पुगेको छ । सुरक्षाकर्मीले ४ वटा दमकल र आधा दर्जन ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिएका थिए ।
अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने–‘दिपावली गरेर घरमा पूजा गर्न जाँदा दीयाेबोट आगो सल्किएर दुर्घटना भएको देखियो ।’
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



