

कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्रबहादुर अमात्यलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

300Views
0
Shares
वीरगन्ज । नेपाली कांग्रेस पर्साका पूर्वसभापति एवं संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यलाई हृदयाघात भएपछि उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
वीरगन्ज–६ स्थित आफ्नै घरमा रहेका बेला बिहीबार दिउँसो अमात्यलाई अचानक हृदयाघात भएपछि तत्काल अस्पताल पुर्याइएको हो।
अस्पतालको आइसियुमा उपचाररत अमात्यको अवस्था हाल खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ। थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लैजाने तयारी भइरहेको जनाइएको छ।
अमात्य २०७४ सालको दोस्रो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।
Facebook Comments Box
समाज
थप सामाग्री
प्रतिनिधिसभाको बैठक आज, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
२ दिन अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित…





