

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयतामा विश्वकै तेस्रो

काठमाडौं । नेपाली क्रिकेटका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी पुरुष टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा विश्वको तेस्रो स्थानमा उक्लिएका छन्।
आईसीसीको पछिल्लो वरीयताअनुसार ऐरीले २५६ रेटिङ अंक प्राप्त गरेका छन्। उनीभन्दा अगाडि जिम्बाब्वेका सिकन्दर राजा ३२० अंकसहित पहिलो र पाकिस्तानका साइम अयुब २७५ अंकसहित दोस्रो स्थानमा छन्।
ऐरीपछि वेस्ट इन्डिजका रोस्टन चेज २४९ अंकसहित चौथो तथा भारतका हार्दिक पाण्ड्या २४४ अंकसहित पाँचौँ स्थानमा छन्।
यसअघि वरीयतामा तल झरेका ऐरीले पछिल्लो अपडेटमा पुनः शीर्ष तीनमा स्थान बनाएका हुन्। आईसीसीको आधिकारिक प्रोफाइलमा पनि ऐरीलाई अलराउन्डरका रूपमा सूचीकृत गरिएको छ।
नेपाली क्रिकेटरले विश्वका शीर्ष तीन टी–२० अलराउन्डरमा स्थान बनाउनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि बनेको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





