शिवजीले चोरे अञ्जलीको मन तिजलगत्तै सार्वजनिक हुँदै

नेपाली सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली कलाकार शिवजी क्षेत्रीको मुख्य अभिनय, कोरियोग्राफी तथा निर्देशनमा चर्चित नायिका अञ्जली अधिकरि संग रोमान्स सहित तयार भएको नयाँ सांगीतिक कोसेली ‘कसले चोर्यो मन’ हिन्दू नारीहरूको महान् पर्व हरितालिका तिजलगत्तै सार्वजनिक हुने भएको छ। गितको भिडियो युट्युब च्यानल ‘LIVE MUSIC NEPAL’ मार्फत बजारमा ल्याउने तयारी गरिएको छ।
यस भिडियोमा बहुआयामिक कलाकार शिवजी क्षेत्रीको मुख्य भूमिका तथा नेतृत्वदायी योगदान रहेको छ। भिडियोमा शिवजी क्षेत्रीसँगै चर्चित मोडल अञ्जली अधिकारीको दमदार अभिनय देख्न पाइनेछ।
जे.बी. ओली संगीत (जीवन) को प्रस्तुतिमा तयार भएको यस गीतमा जे.बी. ओली संगीत (जीवन) र चर्चित गायिका शान्तिश्री परियारको मिठासपूर्ण स्वर रहेको छ। गितमा हेमनाथ खरेलको शब्द र जय सागर गिरीको थेगो रहेको छ भने संगीत बिबी अनुरागीले भरेका हुन्। कोरस गायनमा शरद बुढाथोकी, राजेश बराइली, सरिता केसी र सुनिता खपाङ्गी मगरले साथ दिएका छन्।
गितको संगीत संयोजन केशब बादीले गरेका हुन् भने रेकर्डिङ गोविन्द अनेक, भोकल एडिट कमल थापा र मिक्सिङ/मास्टरिङ श्याम रसाइलीले प्रिज्म स्टुडियोमा गरेका हुन्।
छायांकन सुनिल राउत र टिमले गरेका हुन् भने दृश्य सम्पादन नविन घर्ती मगरले गरेका हुन्। शृङ्गार (MUA) माही सिंह र समूह नारायण भण्डारीको रहेको छ। भिडियोको पोस्ट प्रोडक्सन शिवाजी डान्स सेन्टर (Shivaji Dance Center) 9807512399 मार्फत गरिएको छ।
शिवजी क्षेत्रीको उत्कृष्ट कोरियोग्राफी, सशक्त निर्देशन र अञ्जली अधिकारीसँगको अभिनयका कारण भिडियो निकै लोभलाग्दो बनेको निर्माण पक्षले जनाएको छ। तिजलगत्तै सार्वजनिक हुन लागेको यस गितलाई दर्शक तथा श्रोताहरूले अत्यधिक मन पराउनेमा निर्माण टोली पूर्ण विश्वस्त रहेको जसमा सिकारी र गाउले केटी बीच को प्रेम झल्काइयको छ !

Facebook Comments Box
TOP
15 Shares