

साहित्यकार तारानाथ शर्मा को निधन
काठमाडौं, ३ फाल्गुन । लेखक तथा साहित्यकार तारानाथ शर्माको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवासमा शर्माको निधन भएको हो । उनी १९९१ असार ९ गते निर्जला एकादशीको दिन जन्मिएका थिए । उनका निकटका ज्योतिष राजकुमार सुवेदीका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि हुनेछ ।
लेखनमा शोखिन शर्मा अस्वस्थताका कारण विगत एक वर्षदेखि लेखनमा सक्रिय थिएनन् । पारिवारिक सदस्यका अनुसार उनी बेला-बेलामा बिर्सने र मान्छे नचिन्ने अवस्थामा पुगेका थिए । एम. ए (अङ्ग्रेजी साहित्य), पी. एच. डी.(भाषा विज्ञान) गरेका उनले मदन पुरस्कार, साझा पुरस्कारबाट सम्मान पाएका थिए । ‘बेलाइततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । शर्माले ‘सम र समका कृति’ का लागि २०२९ सालमा साझा पुरस्कार पाए । २०२३ सालमा रत्नश्री स्वणर्पदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार पाउन सफल भएका थिए ।शर्माको पहिलो सिर्जना निबन्ध हो, २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा छापिएको थियो । खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकाले । ‘हिमध्वनि’ भन्ने पत्रिकाको सम्पादन गर े। उनको प्रकाशितमध्ये अन्तिम कृति ’चरी भरर’ निबन्ध सङ्ग्रह हो । उनको थर भण्डारी भए पनि बनारसमा पढ्न गएपछि नाममा शर्मा लेख्न थालेका थिए ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



