

औलोका रोगी बढ्दै
राँझा ।भारतसँगको खुल्ला सीमा नाकाका कारण बाँके जिल्ला औलो रोगको जोखिम बढेको छ । औलोको जोखिम बढी भएको भारतका विभिन्न स्थानबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गरे पनि पछिल्लो समय स्थानीयवासीमा समेत औलो देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहको भनाइ थियो । उहाँका अनुसार गत डिसेम्बर महिनामा मात्रै जिल्लामा ४५ जनामा औलो पहिचान भएको थियो । त्यसमा सबैभन्दा धेरै नरैनापुरका मात्रै ४० जना छन् । नेपालगञ्ज, कोहलपुर र डुडुवा गाउँपालिकामा एक–एकजना र खजुरा गाउँपालिमा दुईजनामा औलो पहिचान भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाकामा राखेको हेल्थ डेस्कमा भारतबाट आउने नागरिकलाई औलो परीक्षण गर्ने गरेको छ । औलो लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखापर्ने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो । नेपालगञ्जको भेरी अस्पताल, मेडिकल कलेजलगायत अस्पतालमा परीक्षण, पहिचान र उपचार निःशुल्क हुने स्वास्थ्य कार्यालयका रोग नियन्त्रण अधिकृत दुर्गा गौतमले बताउनुभयो । उहाँका अनुसार, औलो रोग भएमा शरीरका भित्री अङ्गहरु फियो तथा कलेजो सुन्निने, रगतको मात्रा कमी हुने र परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण देखिने हुन्छ । यो रोगले सख्त रूप लिएमा मानिसको मृत्युसमेत हुने सम्भावना हुन्छ । औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरीका औषधि सरकारका तर्फबाट निःशुल्क उपलब्ध छ । औलोको जोखिम कम गर्न झूल तथा लामखुट्टे भगाउने रसायन प्रयोग गर्नुपर्ने हुन्छ ।
लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । राति सुत्दा सधैँ झूल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय भएको उहाँको भनाइ थियोे ।
समाज
थप सामाग्री-
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
-
मधेशमा सुधारको नयाँ अध्याय लेख्दै डिआईजी गोविन्द थपलिया : आठ महिनामै ऐतिहासिक छाप
-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
१८ घण्टा अगाडि
1.4kViews 347 Shares Share on Facebook Share on Twitter काठमाडौं । राजधानी काठमाडौंका सडकमा सवारी अनुशासनको अवस्था कति कमजोर छ…



