आज देशभर वर्षा र हिमपातकाे संकेत !

काठमाडौं  माघ  ९  ।हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघर गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

साेमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना  छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१८ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
Shares