

अन्तरराष्ट्रिय उडानमा पिसीआर परीक्षण हटाउन माग
काठमाडौँ । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तरराष्ट्रिय हवाई उडानमा पिसीआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ ।
कोभिड महामारीको सङ्क्रमण दर घटेको र जोखिम कम रहेको भन्दै सङ्घले विज्ञप्तिमार्फत कोभिड रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको हो । विश्वभरि नै कोभिड सङ्क्रमण घट्दो क्रममा रहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको सङ्घको दाबी छ । “छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य युरोपियन मुलकले हवाईयात्राका लागि पिसीआर परीक्षणको अनिवार्यता हटाइसकेकाले नेपालमा पनि सोही अनुरुप पर्यटकका लागि सजिलो हुने गरी पिसीआर परीक्षण र सिसिएमसीको फाराम भर्नुपर्ने प्रावधान तत्कालै हटाइ पर्यटन उद्योगलाई राहत प्रदान गर्न सङ्घ सरकार समक्ष अनुरोध गर्दछ’’, विज्ञप्तिमा भनिएको छ । महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग अझ अन्यौल र अनिश्चिततामा रुमल्लिएको छ । झण्डै दुई वर्षमा विदेशी पर्यटकको आगमनमा निकै ह्रास आएकाले यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्ति पलायन हुने अवस्था रहेको सङ्घले औँल्याएको छ । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित २९ वटा वायुसेवा प्रदायकले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।
समाज
थप सामाग्री-
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
-
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
-
मधेशमा सुधारको नयाँ अध्याय लेख्दै डिआईजी गोविन्द थपलिया : आठ महिनामै ऐतिहासिक छाप
-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
१६ घण्टा अगाडि
1.9kViews 162 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवसँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा फैलाइएको…



