

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
कास्की माघ १० । पोखरा महानगरपालिका-१० रामबजार बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका-७ खैरेनिटार घर भएका ३३ वर्षीय मनोज गुरुङलाई नियन्त्रित लागूऔषध ४९ एम्पुल फेनारगन, ४८ एम्पुल डाईजेपाम र ४८ एम्पुल नुर्फिन सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१० स्थित पश्चिम क्षेत्रीय अस्पतालको क्यान्टिनमा हो-हल्ला गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट अस्पतालचोकबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
पर्सा, जिराभवानी गाउँपालिका-३ जितपुरबाट करिब २५ केजी अवैध लागूऔषध गाँजा शनिबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सेढवाबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित २ जना ब्यक्तिहरुले उक्त गाँजा सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोबताएको छ
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१४ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



