काठमाडौंको ठमेलस्थित वाल्डोहोटलमा चाइनिजहरुबिच खुकुरीहानाहान , घाइतेको अवस्थाअज्ञात

काठमाडौं पौष ३।  हिजो शनिबार पौष २  गते   सम्झँदै आङ सिरिङ्ग हुने घटना काठमाडौं को ठमेलमा घटेको छ । संघीय राजधानी   काठमाडौं को मुटु  मानिने ठमेलमा रहेको छाँयासेन्टर सँगै जोडिएको एक वाल्डोहोटलमा हिजो शनिबार ७ बजे र ३५ मिनेटमा चाइनिज हरुको दुई  समूह बिच खुकुरी हानाहान भएको समाचार जनरक्षा ले पतालगाएको छ । समाचार सोर्त का अनुसार खुकुरी हान्ने व्यक्ति  सोहि वाल्डो होटलमा लामो समय देखि बस्दै आएको र खुकुरी खाने व्यक्ति  पनि  चिनका चाइनिज एवं हाल    भक्तपुरमा एक कृषि   फार्म चलाँउदै आइरहेपनि   उनका श्रीमती  हाल सोही वाल्डोहोटल मा टेबुल बुक गरि पोकर खेल  खेलाउदै आइरहेको सोर्त ले   बताइएको छ  ।  उक्त घटना को  प्रत्यक्षदर्शि     सोही  होटलका  कर्मचारी का अनुसार ” सुरुमा  खुकुरीहानाहान गर्ने  पुरुष हरु विच एक अर्काको श्रीमती ले एक अर्का विच   माया र सम्बन्ध  क‍‍‍ो   विषयमा वाद  विवाद का साथै   प्रेम का विषयमा चर्काचर्कि गरे पनि पछि लेनदेन का कुरा निक्लीयो त्यस पछि झगडा ले उग्ररुप लियो लगत्तै टेवुल बुक गरि पोकर खेलाउने महिला  का श्रीमान लाइ अर्का चाइनिज ले खुकुरी हाने ,खुकुरी लागेर क्षतविक्षेत भएका  चाइनिज ढले त्यो दृश्य होटलका सुरक्षा गार्ड ले देखे  । उनलेे देखे  लगत्तै गएर खुकुरी खोसे तैपनि पुन:अर्को खुकुरी निकाल्दै ढलेका  घाइते माथि अन्धाधुन्ध खुकुरी वर्षाउन थाले त्यो खुकुरी पनि होटलका सुरक्षा गार्ड ले नियन्त्रणमा लिन सफल भए लगत्तै होटल व्यवस्थापन ले  होटल को घटनाको  को विषय बाहिर थाहा नदिन सबै कर्मचारी लाइ उर्दी  नै जारी गरेेको थिए”। होटल व्यवस्थापन ले तत्काल  खुकुरी हान्ने लाई भगाए भने रक्ताम्य घाइते लाई सुरुमा ठमेल को मनमोहन हस्पिटल लग्ने भनेपनि घटना बाहिर आउने डरले अन्तै लगेको हाम्रा बिशेष  सोर्त ले बताएको छ ।  घट्ना पछि       होटलमा भएको कोलाहल को विषयमा नजिकै रहेको अर्को होटल    “होटल अलफ्ट” का मेनगेटमा रहेका गरुड सेक्युरिटी का गार्ड हरुले  सो घटना  देखे । घटना बारे जानकारी पाउने वितिक्कै    होटल अल्फ्ट का सुरक्षा गार्ड ले   प्रहरी  लाइ खबर गरेका  थिए। खबर पाउना साथ दरबार मार्ग  बृत का     इन्सपेक्टर को कमान्ड मा प्रहरी  पुग्यो तर होटल व्यवस्थापन ले  घटनाको पिडक  लाई भगाउन का साथै  पिडित घाइते चाइनिज लाई तत्काल हस्पिटल पठाइ घटना खासै ठूलो नभएको भनि प्रहरी  क‍ो आखाँ मा  छारो   हाल्ने काम गरेको थियोे  । सो घटना   पछि  वाल्डो होटल  व्यवस्थापन ले  दरबार मार्ग बृतका  प्रहरी लाइ दुईवटा खकुरी दिई पठाएको थियो भने घटना को बास्तबिकता भने  लुकाएको छ  ।  घटनाको अर्का प्रतेक्ष्यदर्शि वाल्डो होटल कर्मचारी  का अनुसार वाल्डो होटल प्रशासन ले प्रहरी आउनु अगाडि घाइतेको भुँइमा लतपतिएको  रगत पानिले पखालेका थिए भने होटल का सुरक्षा गार्ड को रगतले लतपतिएको  ज्याकेट खोलिएको थियोे  ।यस विषयमा     दरबारमार्ग का  डिएसपी कोपिला चुडाल  सँग सम्पर्क गर्दा होटल ले दुईवटा खुकुरी पठाएको तर खुकुरी हान्ने   र घाइते को बारे जानकारी नदिनु का साथै घाइतेको पक्षबाट उजुरी समेत नपरेको र  घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । साथै  होटल व्यवस्थापन को  नियतसमेत  शंकास्पद रहेकोले थप अनुसन्धान हुने  पनि  बताए  ।

Facebook Comments Box
TOP
Shares