जग खन्दा भेटियो तोपगोला !

पाल्पा  जिल्लाको  सदरमुकाम  तानसेनमा  दुई÷तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने  तोपका गोला’  फेला  परेका  छन्  ।  तानसेन  नगरपालिकाको वडा नंं. ४ स्थित पुरानो गोलाखानामा (हाल  पाल्पा  अस्पताल  नजिक)  भीमसेन  थापाको  पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका गोला भेटिएको हो ।नेपाली सेनाले पाहुनाघर (गेस्ट हाउस) बनाउन घडेरी  खन्ने  क्रममा  गोलाखानामा  पुरानो  हतियार  तोपगोला  भेटिएको  हो  ।  पाल्पामा  नेपाली  सेनाको  पल्टन स्थापना भएदेखि नै गोलाखाना (तोपका गोला बनाउने  स्थान)  सञ्चालनमा  रहेको  थियो  ।  उक्त  गोलाखाना प्रजातन्त्र स्थापना भएपछि बन्द भएको बताइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box
TOP
Shares