

याङ्जाकोट : सडकसँगै होमस्टेले तान्यो पर्यटक
तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट । रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण सुनसान बने । कोरोनाको त्रास हटेसँगै कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा एक वर्षयता होमस्टे र रमणीयस्थल अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । याङजाकोट संस्कृतिविद् डा जगमान गुरुङको जन्मस्थान पनि हो । पछिल्ला वर्षमा कास्कीका गाउँमा सडक र यातायातको विकास भएसँगै स्वदेशी तथा विदेशी पर्यटक ती ठाउँमा सहजै पुग्न सक्छन् । पर्यटक लक्षित खुलेका होमस्टेमा बास बस्नका लागि यतिबेला दैनिक तीन–चार ग्रुप त्यहाँ पुग्ने गरेको जानकारी विनम होमस्टे सञ्चालन गर्दै आएकी खिमकुमारी गुरुङ बताउछिन् । शुक्रबार र शनिबार भने पाँच–छ ग्रुप नै आइपुग्छन् । दिनहुँको कामले हुने तनावबाट मुक्त हुन शान्त वातावरण खोज्दै पोखरा तथा आसपासका स्वदेशी पर्यटक त्यहाँ पुग्ने गरेको जानकारी होमस्टे सञ्चालक बताउँछन् । पोखराको काँहुखोलाबाट १८ किलोमिटर सडक पार गरेपछि याङ्जाकोट पुग्न सकिन्छ । काँहुखोलादेखि कसेरी, सुनपँधेली, चितेपानी, मादबेँसी, तारकाङको माझाडिही हुँदै याङ्जाकोट पुग्न सकिन्छ । याङ्जाकोट पुग्नका लागि काँहुखोलादेखि माझाडिहीसम्म १२ किलोमिटर पक्की सडक छ भने छ किलोमिटर कच्ची सडक छ ।
याङ्जाकोटमा यतिबेला नौवटा होमस्टे सञ्चालित छन् । त्यहाँ एक सय ३० जना पाहुना राख्न सकिन्छ । मादी गाउँपालिकाको कार्यालय पनि त्यही स्थानमा भएकाले मानिसको आउजाउ झनै बढ्दै गएको छ । मादी गाउँपालिका–३ का वडाध्यक्ष विकास गुरुङले पछिल्लो समय गाउँमा पर्यटकको सङ्ख्या बढ्नुको साथै यहाँका एतिहासिक तथा पर्यटकीयस्थलको विकासमा वडाले जोड दिएको बताए ।
याङजाकोटसम्म पुग्ने छ किलोमिटर सडक पनि पिच गर्न सक्यौँ भने गाउँमा पर्यटक भरिभराउ हुने वडाध्यक्ष गुरुङले बताए । गाउँमाथिको क्रपु डाँडा पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण मानिएकै कारण विदेशी पर्यटकलाई त्यहाँ पु¥याउन कच्ची सडक विस्तार गर्ने योजना गाउँपालिकाले राखेको जानकारी वडाध्यक्ष गुरुङले बताए ।
क्रपु डाँडामा हिउँ परेपछि हिउँ खेल्न जाने पर्यटकको ताँती लाग्ने गर्छ । गुरुङ र मगरले सञ्चालन गर्दै आएको होमस्टेमा पर्यटकको आकर्षण बढी हुने गरेको छ । उनीहरुले दिने संस्कार र सेवाबाट नै पर्यटक आकर्षित हुने गर्छन् । समुद्र सतहदेखि १४।५० मिटरको उचाइमा रहेको याङ्जाकोट पूर्वपट्टि फर्र्किएको गुजुमुच्च बस्ती छ । सूर्य झुल्कनासाथ सबैको घरआँगनमा घाम लाग्ने, दुई सय ५० घर कुरिया याङ्जाकोमा पोखराबाट वनभोज खान जानेको सङ्ख्या पनि पछिल्लो समय बढ्न थालेको छ । आँखै अगाडि लमतन्न परेको अन्नपूर्ण हिमशृङ्खलाबाट पनि पर्यटक आकर्षित हुने गर्छन, स्थानीय सुकवीर गुरुङले बताए । तीन वर्ष अघि ताङतिङबाट क्रपु जोड्नको लागि अस्थायी ट्रयाक खुलेपछि गत वर्षबाट त्यहाँ घुम्न जाने पर्यटकको सङ्ख्या उल्लेख्यरुपमा बढेको जानकारी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ बताउछन् ।
हिउँदमा हिउँ पर्ने, लालीगुराँस फुल्ने र बर्खामा भुइँभरि रङ्गीविरङ्गी फूल फुल्ने यो क्षेत्र गुरुङ जातिको प्राचीन तथा ऐतिहासिक थलो मानिन्छ । यहाँबाट सूर्योदयको दृष्य देखिनुका साथै अन्नपूर्ण र लमजुङ हिमाल नजिकैबाट नियाल्न सकिन्छ भने कास्की र लमजुङका थुप्रै गाउँ हेर्न सकिन्छ अध्यक्ष गुरुङले भने । सांस्कृतिक पहिचान र शुद्ध पर्यावरणीय वातावरणको कारण याङ्जाकोट कास्की जिल्लाकै पर्यटकीय महत्वपूर्ण आकर्षणको केन्द्र बन्न पुगेको उनको भनाइ छ ।
याङजाकोटबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै पोखरा उपत्यकाको केही भाग, पुम्दीको शान्ति स्तूप, शिव मन्दिर, सराङकोट, काँहुकोट तथा धरहरा, मादी नदी, पर्यटकीयस्थल थाक, मौजा, तप्राङ, खिलाङ, तारकाङ, मादबेँसी सैमराङका विभिन्न गाउँ अवलोकन गर्न सकिने जानकारी गाउँपालिकाका अध्यक्ष गुरुङले दिए । रासस
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.0kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



