

उदयपुरमा शारिरीक सुगठन प्रतियोगिता
उदयपुर, १० फागुन
उदयपुरको सदरमुकाम गाईघाटमा मिस्टर उदयपुर शारिरीक सुगठन च्याम्पियन जिल्ला स्तरीय प्रतियोगिता हुने भएको छ । आगामी शनिबार हुन लागेको प्रतियोगिता जिल्लाकै सर्वाधिक धनराशी भएको शारिरीक सुगठन प्रतियोगिता हो ।
इनर्जी फिटनेस क्लब गाईघाटको आयोजनामा हुने प्रतियोगिताका विजेतालाई ५१ हजार, दोश्रोलाई २५ हजार र तेश्रो हुनेलाई १५ हजार नगद सहित पुरस्कृत गर्ने बताइएको छ ।
उदयपुरका चार नगरपालिका र चार गाउँपालिकाका गरी २० जना प्रतियोगीले भाग लिने योजक संस्थाका संयोजक मनोज कटुवालले जानकारी दिए ।मुख्य प्रायोजक फिनिक्स डिस्टिलरी र रियाबल फुड एण्ड वेभरेज रहेको प्रतियोगिता होटल टाउन हल एण्ड पार्टी प्यालेसमा हुने छ । व्यायाम मात्र नभएर स्वास्थ्य र तन्दुरुस्त रहनको लागि पनि शारीरिक व्यायामको आवश्यकता हुने भएकाले जनचेतना फैलाउन यस्तो प्रतियोगिता सहायक हुने आयोजकहरुको दाबी छ । प्रतियोगीहरुले अनिवार्य रुपमा आफू उदयपुरबासी भएको प्रमाण पेस गर्नु पर्ने प्रावधान राखिएको छ ।
समाज
थप सामाग्री-
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
-
मधेशमा सुधारको नयाँ अध्याय लेख्दै डिआईजी गोविन्द थपलिया : आठ महिनामै ऐतिहासिक छाप
-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
१८ घण्टा अगाडि
1.4kViews 347 Shares Share on Facebook Share on Twitter काठमाडौं । राजधानी काठमाडौंका सडकमा सवारी अनुशासनको अवस्था कति कमजोर छ…



