वर्षमान पुन आज स्वदेश फर्कदै

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ सोमबार स्वदेश फर्कंदै छन्। चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर पुन, पत्नी ओनसरी घर्तीका साथ अपराह्न चार्टर विमानमार्फत नेपाल आउन लागेका हुन्।

काठमाडौंबाट उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन सिधै उपचारका लागि चीन‍ गएका थिए।

वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए। बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो।

हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा छ। बैंकक जाँदा बिलुरुबिनको मात्रा ३४ थियो। चिकित्सकहरुका अनुसार स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने र त्यसभन्दा माथि भए जण्डिस भएको मानिन्छ। उनको स्वास्थ्यमा सुधारमा आएपछि अस्पतालले डिस्चार्ज गरेको हो।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१७ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
Shares