
मापदण्डभन्दा बढी धूवाँ फाल्ने २० सवारीसाधन कारबाहीमा
काठमाडौँ । काठमाडौँको सुकेधारामा सोमबार गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूवाँ फाल्ने २० वटा सवारी साधन कारबाहीमा परेका छन् ।मापदण्डभन्दा बढी धूवाँ फाल्ने पिकअप भ्यान ६, भाडाका बस ५, माइक्रोबस ४, हात्ती गाडी ३, टाटासुमो १ र पर्यटक गाडी १ गरी २० ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सोमबार सुकेधारामा ४६ वटा सवारी साधनलाई चेक गर्ने क्रममा मापदण्डभन्दा बढी धूवाँ फाल्ने २० वटा सवारी साधन कारबाहीमा परेका हुन् ।सवारी साधन मर्मत पश्चात पुनः चेक गराई तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।रासस
समाज
थप सामाग्री-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
-
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
२२ घण्टा अगाडि
2.1kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि…



