आजको मौसमः तीन प्रदेशमा चटयाङसहित बर्षा हुने

काठमाडौं/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको  सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

उता राती भने  देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ

देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुनुका साथै  मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको  छ ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
Shares