

३० वर्षे सेवावधि हटाउने कसरतमा आइजिपी सिंह
काठमाडौँ । राष्ट्रिय किताबखाना (प्रहरी) ले प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहलाई आगामी चैत ११ गतेबाट लागु हुनेगरी अवकाशपत्र थमाएको छ। किताबखानाले सिंहसहित २०४९ चैत ११ गते सेवा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरू नलप्रसाद उपाध्याय, मसउद आलम खाँ र मोहनकुमार आचार्यलाई एक साताअघि नै अवकाशसम्बन्धी पत्र पठाएको हो।प्रहरी नियमावली, २०७१ को नियम १२७ (घ) मा रहेको ३० वर्षे सेवावधिलाई आधार बनाएर अवकाशपत्र पठाइएको किताबखानाका निर्देशक एवं सूचना अधिकारी सहदेव रायमाझीले बताए। ‘सामान्यतया अवकाश हुनुभन्दा ६ महिना अगाडिदेखि नै अवकाश तयारी प्रक्रिया सुरु हुन्छ,’ निर्देशक रायमाझीले भने, ‘यसै प्रक्रियाअन्तर्गत अवकाशमा जानुभन्दा केही समयअगाडि नै हामीले सम्बन्धित कार्यालयमा त्यसबारे सूचित गर्छौंं। सोहीअनुसार आइजिपी र उहाँसँग भर्ना भएका प्रहरी कर्मचारीको अवकाशसम्बन्धी जानकारीपत्र प्रहरी प्रधान कार्यालयमा पठाइसकेका छौं।’प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवावधिका आधारमा किताबखानाले अवकाश हुने मिति तोकर पत्र पठाउँदा पनि आइजिपी सिंह भने नियमावलीको प्रावधान हटाएर कार्यकाल थप दुई वर्ष बढाउने ‘लबिङ’ मा लागेका छन्।प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवाअवधिको प्रावधान हटाउन लामो समयदेखि प्रयास भए पनि सफलता मिल्न सकेको छैन। तर अहिले आइजिपी सिंह चैत ११ गतेअगाडि नै उक्त प्रावधान हटाउन लगाएर कार्यकाल लम्ब्याउने खेलमा रहेको स्रोतको दाबी छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



