

भागेर टर्की पुगे २० हजार युक्रेनी
अंकारा (सिन्ह्वा) : युक्रेनमा रूसले सैन्य हमला गरेपछि त्यहाँका नागरिक भागेर बिदेसिएका छन्। त्यस क्रममा २० हजार जनाभन्दा बढी युक्रेनी नागरिक टर्की पुगेका छन्। टर्कीका अधिकारीले दिएको जानकारीअनुसार फेब्रुअरी २४ देखि आइतबारसम्ममा युक्रेनबाट भागेर २० हजार ५ सय ५० जना नागरिक टर्की पुगेका छन्। रूसले युक्रेनमा फेब्रुृअरी २४ मा सैन्य हमला गरेको थियो। त्यसपछि आक्रमणको त्रासले यहाँबाट नागरिक भाग्ने क्रम सुरु भएको थियो। टर्कीको आन्तरिक मामिलासम्बन्त्री मन्त्रालयका अनुसार हाल युक्रेनी नागरिकलाई टर्की प्रवेश गर्न प्रवेशाज्ञा नचाहिने भएको छ। उनीहरू राहदानी तथा परिचयपत्रका आधारमा त्यहाँ प्रवेश गर्न सक्ने भएका छन्।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२० घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



