

अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं माघ ११ । बुढानिलकण्ठ नगरपालिका-१० कपन रुद्रमतीचोकबाट करिब १० ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-११ गैरीगाँउ बस्ने धनकुटा मुगा नगरपालिका-७ घर भएकी २९ वर्षीया रेनुका तामाङ र बुढानिलकण्ठ नगरपालिका एकताबस्ती बस्ने धनुषा धनुषाधाम नगरपालिका-९ घर भएकी २१ वर्षीया लक्ष्मी लामा रहेका छन् । बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ एकताटोलबाट करिब ९ सय ग्राम अवैध लागूऔषध चरेस सहित सोही ठाउँ बस्ने ५० वर्षीय नर बहादुर धामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट नियन्त्रित लागूऔषध नुर्फिन ८० एम्पुल, डाइजेपाम ८० एम्पुल र फेनारगन ८० एम्पुल सहित बारा कलैया उपमहानगरपालिका-१३ बलिरामपुर बस्ने ३७ वर्षीय निरज कुमार मेहतालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
८ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



