

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने
काठमाडौं, ३० फागुन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय नियमित उडान कुवेतको जजिरा एयरवेजले गर्ने भएको छ । जजिराले बुद्ध जयन्ती अर्थात जेठ २ गतेदेखि कुबेत–भैरहवा–कुवेत नियमित उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष निवेदन दिएको छ । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ ।
प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले जजिराले जेठ २ देखि नियमित उडानका लागि निवेदन दिएको बताए । “अहिलेसम्म जजिराले कुवेत सिटीबाट भैरहवा र भैरहवाबाट कुवेत सिटी दैनिक उडान गर्न निवेदन दिएको छ”, उनले भने, “जेठ २ गते बुद्ध जयन्ती पारेर जजिरा एयरलाइन्सले नियमित उडान सुरु गर्नेछ ।” सरकारले बुद्ध पूर्णिमाको दिन अर्थात जेठ २ गतेदेखि विमानस्थलमा नियमित उडान शुरु गर्ने घोषणा गरेको थियो ।
त्यसअघि वैशाख १ गते नेपाल एयरलाइन्सले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ । त्यसपछि वैशाख ७ गतेदेखि विमानस्थल व्यवसायिक उडानका लागि खुला हुने कर्णले बताए । विमानस्थलमा ७ गतेदेखि आन्तरिकतर्फ नियमित उडान हुनेछ ।
वैदेशिक रोजगारीमा जाने धेरै नेपाली भएका देशले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने अपेक्षा प्राधिकरण अधिकारीहरुको छ ।
यसअघि विमानस्थलमा एरो थाइको जहाजबाट क्यालिब्रेसन फ्लाइट गरिएको थियो । त्यसपछि विमानस्थल उडान योग्य भइसकेको प्राधिकरणले जनाएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि कुनै कारणवश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै जहाज अवतरण हुन नसकेको खण्डमा यही विमानस्थलमा डाइभर्ट गरिनेछ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसकेको अवस्थामा बंगलादेश वा भारतका विमानस्थलमा डाइभर्ट गर्नुपर्ने बाध्यता छ । अब त्यो बाध्यता हट्ने प्राधिकरणको विश्वास छ ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१२ घण्टा अगाडि
2.5kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



