पुर्व चिफ साब को कस्तो सौख ?

काठमाडौं माघ १२ । मान्छे प्रचार र प्रशंसाको भोको हुन्छ भन्थे । हो रै’छ । तर, सबैका हकमा भने त्यो लागू नहुन सक्छ ।
हो, कोही-कोही व्यक्ति स्वभावैले प्रचारमा आउन चाहाने, प्रशंसामा रमाउने हुन्छन् । तर, कस्ता व्यक्ति त्यस्ता स्वभावका होलान् ?

मान्छेले आफ्नो हैसियत बिर्सीयो भने के हुन्छ ? त्यसमा पनि उच्च पदमा पुगिसकेको व्यक्ति
नेपाल प्रहरीको प्रमुख भैसकेका एक व्यक्ति जो बारम्बार विवाद र चर्चामा आउन चाहीरहन्छन्, उनी हुन् पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल ।

प्रहरी सेवामा रहँदा उनले प्रचारका नाममा के गरे, गरेनन् ? त्यतातिर अहिले नजाउँ । तर, प्रहरी सेवाबाट निवृत्त भएको २ वर्ष नप्ुग्दै उनी कहिले सांसद अपहरण त्यो पनि लकडाउनका बेला अनी कहिले पार्टी प्रवेशका नाममा पनि चर्चा र विवादमा आएकै हुन् ।
यसपाली उनी ‘व्यूटी सो’ मा चिफगेष्ट बनेर विवादमा तानिएका छन् ।

काठमाडौं माघ १२ । प्रचारमा आउने नाममा राज्यको उच्च पदमा आसिन भैसकेर अवकाश प्राप्त व्यक्ति कस्तो ठाउँमा सरिक हुने, कस्तो ठाउँमा ‘रिजेक्ट’ गर्ने त्यती जानकार हुनु पर्दैन ?
कलंकी स्थित ‘रोज व्यूटी पार्लर एण्ड ट्र्ेनिड सेन्टर’, ‘रोज स्कील डेभलोपमेन्ट ट्र्ेनिड सेन्टर’द्धारा आयोजित ‘व्यूटी कन्टेस्ट’मा प्रमुख अतिथिका रुपमा आफूलाई उभ्याएर उनी आनन्दीत देखिएका छन् ।

हुन त उनी यस्ता उद्घाटन्, शिलन्यासलगायतका अन्य कार्यक्रममा उपस्थित हुन कतिसम्म रमाउँछन्् भन्ने प्रहरी प्रधान कार्यालय भित्रै निर्माणाधिन अडीटोरीयल हल आधाउधी निर्माण भैनसक्दा समेत उद्घाटन गरेर पनि स्वयम् प्रहरी हेडक्वाटर भित्रै आलोचित भएका थिए । अवकाश पाउनु २ घन्टा अघि मात्र पनि उनी उद्घाटन र शिलन्यासमा हिँडेको देख्नेहरुले ‘लाज नभएको नकचरो’ समेत भन्न भ्याए ।

त्यसो त १० – २० लिटर रक्सी पोखेर समेत प्रचारका नाममा पत्रकार सम्मेलन गर्ने बानी परेका उनले अवकास जिवन विताइरहँदा यस्ता व्यूटी पार्लर कन्टेस्टमा प्रमुख अतिथि हुन पाउनु भाग्यकै विषय ठानेका होलान् ।

पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोरा, अच्यूतकृष्ण खरेल, धु्रबबहादुर प्रधान, प्रदिप शमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुड, रमेश चन्द, रविन्द्र प्रताप शाह, कुवेर सिंह राना, उपेन्द्रकान्त अर्याल, ठाकुर ज्ञवालीलगायत गुमनाम जस्तै अवस्थामा देखिए पनि सर्वेन्द्र खनाल भने कहिले के प्रकरणमा कहिले के प्रकरणमा चर्चा र विवादमा छाइरहने गरेका छन् । यस्ता कृयाकलापले स्वय् आफँैलाई फायदा गर्दैन भनेर कहिले बुझ्लान् उनले ? कसले बुझाइदेला उनलाई ?

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१८ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
Shares