

शिक्षक भर्नामा आर्थिक चलखेल गरेको भन्दै विद्यालयमा प्रदर्शन
सिरहा, ७ चैत
सिरहाको मिर्चैयास्थित मोहन नमुना माध्यमिक (प्राविधिक) विद्यालय मिर्चैयामा शिक्षक भर्नामा आर्थिक चलखेल गरेको भन्दै भएको विवाद उग्र बनेको छ ।
विद्यालयमा प्राथमिक तहका ५ जना करार शिक्षकको लागि विद्यालयले आज लिन लागेको परीक्षा रोक्न पुगेका स्थानीय दलीय प्रतिनिधी र प्रहरीबीच झडप हुँदा ६ जना सुरक्षाकर्मीसहित एकदर्जनबढी सामान्य घाइते भएका हुन् ।
उनीहरु स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि घर फर्केको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।
उनले झडप भएको र पछि विद्यालयले सूचना प्रकाशित गरी परीक्षा स्थगित गरेको जनाए । सूचनामा अर्को सूचना जारी नहुन्जेलसम्मको लागि परीक्षा स्थगित गरेको उल्लेख गरिएको छ ।
स्थानीय विभिन्न दलका प्रतिनिधीले नगरपालिकाका जनप्रतिनिधी र विद्यालयका प्रधानअध्यापकबीचको मिलेमतोमा रकम चलखेलगरी शिक्षक भर्ना गर्न लागेको आरोप लगाएको छ । आज विहान पाँच जना प्राथमिक शिक्षकको भर्नाको लागि परीक्षा सञ्चालन हुन लागेको थाहा पाएर पुगेका स्थानीयले परीक्षा रोक्न खोज्दा प्रहरीसँग झडाप भएको हो ।
जनप्रतिनिधि र विद्यालयका प्राधानाध्यापक अशोक कुमार यादवले रकम चलखेलमा आफ्ना आसेपासेलाई भर्ना गर्न लागेको भन्दै स्थानीले परीक्षा रोकी पुनः सूचना निकालेर शिक्षक तथा कर्मचारी भर्ना गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
मिर्चैया ३ को आधारभुत विद्यालयमा पनि एक जना शिक्षकको परीक्षा पनि विरोध भएपछि स्थगित भएको नगर शिक्षा शाखाका श्याम यादवले जानकारी दिए । उनका अनुसार नगरपालिकाले नगरभित्रका विभिन्न विद्यालयका लागि १४ जना शिक्षक कर्मचारी भर्ना गर्न लागेकोमा ६ जनाका लागि आज परीक्षा हुन लागेको थियो । तर, विवादपछि भने परीक्षा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको जनाएको छ ।
यता, प्रअ यादवले भने आफूले सवै प्रक्रिया पूरा गरेरै आज परीक्षाको मिति तोकेको बताए । उनले भने, ‘विद्यालयले मंसिरमै एक जना प्राविधिक तर्फ भेटेरिनरी निमावि, एक जना मावि, साधारणतर्फ एकजना निमावि र ५ जना प्राथमिक शिक्षाका लागि जम्मा ७ जनाको सूचना निकालेर आज परीक्षा गर्न लागिएको थियो ।’
५ जना प्राथमिक शिक्षकको लागि २४ जना उम्मेदवारले फर्म भरेको समेत प्रअ यादवले जानकारी दिए ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



