‘नार्क हो कि नर्क’ छुट्याउनै गार्हो

काठमाडौं । अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा काम विशेषले पुग्ने जोकोहीलाई  ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ ।ललितपुरको खुमलटारस्थित नार्क कृषिका वैज्ञानिक एवं कर्मचारी बसेर काम गर्ने कार्यालय हो । तर, कार्यालयभित्रै जताततै फोहोरै फोहोर एवं जथाभावीको पार्किङले कार्यालय ‘डम्पिङ’साइटजस्तै देखिन्छ । करिब अढाइ सय बढी क्षेत्रफलमा विभिन्न कार्यालय रहेका छन् । कृषिसम्बन्धी विभिन्न विषयगत कार्यालयदेखि लिएर खाद्यान्य उत्पादन एवं अनुसन्धान हुने गरेको सोही क्षेत्रमा नार्कको साढे तीनतले भवन छ । सो भवनमा हाकिमपिच्छेका छुटाछुटै किचेन छ । जतिखेर नि केही न केही पाकिरहेको हुन्छ । कार्यालयको प्रत्येक तल्लामा हाकिमपिच्छे १५ भन्दा बढी किचेन रुम छन् । ‘नार्कमा २० बढी कृषिका वैज्ञानिकका साथै ७० जना बढी कर्मचारी कार्यरत छन् । तर हाकिमपिच्छेका ती किचेनमा जतिखेर नि कुकरको सिटी लागिरहेको हुन्छ । मिठो खाने बानी परेर हो कि किन हो त्यो त थाहा छैन । मिठो खानलाई त ठीक छ तर काम गर्नलाई ठीक छैन,’ कोठैपिच्छे रहेका किचन रुमबाट पीडित एक कर्मचारीले भने ।नार्कका कार्यकारी निर्देशक डा। ध्रुवराज भट्टराईले कर्मचारीबाट विभिन्न किसिमका गुनासो आएको र त्यसलाई सुधार गर्ने काम आफूले गरिरहेको बताए । आफू एक महिनाअघि कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि नार्कलाई वास्तविक वैज्ञानिकको संस्थाका रूपमा रूपान्तरण गर्ने काम तीव्र गतिमा गरिरहेको उनले बताए ।नार्कमा कार्यरत वैज्ञानिक एवं कर्मचारी सुविधा सम्पन्न बैठक कक्ष, सबै अनुसन्धान केन्द्रहरूबाट प्रविधि विकास एवं किसानलाई दिँदै आएका सुविधा चुस्तदुरुस्त, गुणस्तरीय, छिटोछरितो हुनेगरी व्यवस्थित बनाउने कार्यमा आफू लागेको भट्टराईले बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
२२ घण्टा अगाडि

1.7kViews 204 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रातोघर फाउन्डेसनले “रातोघर साहित्य उत्सव–२०८३” आयोजना गर्ने भएको छ…

TOP
Shares