
राजमार्गको पहिरोले बस्ती उच्च जोखिममा
बैतडी । जयपृथ्वी राजमार्गमा खसेको पहिराले बैतडीको एक बस्ती नै उच्च जोखिममा परेको छ । बैतडी सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा खसेको पहिराले सडक तलतिर रहेको छिडा बस्ती उच्च जोखिममा परेको हो ।
सडकबाट खसेको पहिराले १० भन्दा बढी घर जोखिममा रहेको स्थानीय दीपक कुवँरले जानकारी दिए । लगातार सडकबाट पहिरो खस्दा स्थानीयवासीको मकैबारी बगाएको छ भने घरहरू उच्च जोखिममा रहेका छन् । उनले भने, “लगातारको वर्षासँगै सडकबाट खसेको पहिराले मकैबालीसहित खेत बगाएको छ । हाम्रो उठीवास हुने अवस्था आएको छ ।”
पहिरोले अहिलेसम्म खेतबारीमा नोक्सानी पुर्याइसकेको छ भने बस्ती नै जोखिममा परेपछि स्थानीयवासी त्रसित बनेका छन् । सडक सुधारका लागि नयाँ कटिङ गरेको सबै माटो बगेर खेतबारीमा पुगेको हो । “पहिराले हाम्रो बस्ती नै जोखिममा परेको छ । पहिराबाट हुने क्षति कम गर्नका लागि सरकारसँग माग गरेका भए पनि कुनै सुनुवाइ हुन सकेको छैन”, अर्का स्थानीय चक्र कुवँरले भने ।
उनका अनुसार लगातारको वर्षाले लेदोसहितको पहिरो बगिरहने गरेको छ । घरहरू जोखिममा पर्नुका साथै बालबालिकालाई विद्यालय जान र ओहोरदोहोर गर्न समेत समस्या भएको छ ।
पहिरोले बस्ती नै जोखिममा रहेकोबारे जानकारी आएको भए पनि तत्काल केही गर्न नसकिने सुर्नया गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुवँरले बताए । उनले भने, “पहिरोले बस्ती जोखिममा रहेकोबारे जानकारी आएको छ, तत्काल
हामीले केही पनि गर्न सकिने अवस्था छैन । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर वर्षा कम भएपछि पहिरो नियन्त्रणका लागि आवश्यक संरचना निर्माण गर्छौ ।”रासस
समाज
थप सामाग्री-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
-
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
२३ घण्टा अगाडि
2.1kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि…



