
जलेश्वर भन्सारको राजस्व असुलीमा कमी
महोत्तरी । महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ । जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो ।
जलेशवर भन्सार कार्यालयका प्रमुख अमित पौडेलका अनुसार भन्सार विभागले आर्थिक वर्ष २०७९÷८० मा रु तीन अर्ब ६३ करोड ९१ लाख राजस्व असुलीको लक्ष्य दिएकामा रु दुई अर्ब ८१ करोड ७३ लाख मात्रै असुल गरेको छ । आर्थिक वर्ष २०७८/७९ भन्दा २२ प्रतिशत अर्थात् रु ८२ करोड कम राजश्व असुल भएको छ ।
प्रमुख पौडेलका अनुसार यस वर्ष उक्त नाकाबाट पेट्रोलियम पदार्थ ढुवानीमा कमी, आलु र प्याज ढुवानीमा कमीलगायत कारणले राजस्व कम असुल भएको हो । जिल्लाको छोटी भन्सार नाका मटिहानी, सम्सी, रघुनाथपुर र कट्टीकटैया सञ्चालनमा नआउँदा समेत राजस्व असुली प्रभावित बनेको उनको भनाइ छ । रासस
समाज
थप सामाग्री-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
-
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
२३ घण्टा अगाडि
2.1kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि…



