

वैतनिक वकिलको अबैद्य धन्दा : पीडित बाटै लाखौरुपैयाँ असुलगरि ठगीधन्दामा व्यस्त
डोल्पा, ६ साउन । बिगत छ बर्षदेखि डोल्पा जिल्ला अदालतमा बैतनिक अधिबक्ता रुपमा रहेका घनश्याम उपाध्याउले पीडितबाट नै रकम अशुल्ने गरेको आरोप लागेको छ।
वैतनिक वकिलको काम पीडित बिपन्न न्यून आयस्रोत भएका पीडितहरुको पक्षमा उनीहरुका हकहितमा मुद्दा तयार पारिदिने र बहस तथा पैरबी गरिदिने भएपनि घनश्यामले पीडितबाट नै रकम असुल गरिरहेको आरोप लागेको हो । पीडितको मुद्धा नहेरिदिने , हेरेपनि महँगो रकम माग गर्ने र रकम दिन नसके पीडकबाट मोटो रकम लिई पीडकलाई नै बचाउने किसिमको बहस पैरबी गर्दै आई रहेको पीडितले बताएका छन् ।
वैतनिक वकिल घनश्यामले पीडित पक्षमा घटनाको पक्षका काम गर्छु भन्दै त्रिपुरासुन्दरि नगरपालिका १ का राजिमान सार्कीसँग लाखौँ रकम लिएको बताए । सार्किलाइ त्रिपुरासुन्दरा नगरपालिकाका एक स्थानीयले हातपात र गालिगलौज गरेको बिषयमा पीडित राजिमान सार्किले वैतनिक वकिल घनश्याम उपाध्यायलाई भेटी मुद्दा लेखिदिन अनुरोध गर्दा शुल्क नलिएर मुद्धाका काम नगर्ने भन्दै महिनौ झुलाएको सार्किले दुखेसो सुनाए ।
पीडित राजिमान सार्किका अनुसार म वैतनिक वकिल भएपनि शुल्क नलिईकन म मुद्दा लेख्दैन भनी १ महिना झुलाएर उल्टै पीडित राजिमान सार्किलाई गालिगलौज गर्ने ब्यक्तिसँग फोन सम्पर्क गरी ‘तपाईको बिरुद्धमा मुद्दा लेखौ कि नलेखौ ?’ भनेर मोटो रकमको मोलमलाई गरी फिर्ता गरिदिएको गुनासो सार्कीकाे छ ।
यसै गरी वैतनिक वकिल उपाध्यायले ठुलिभेरी नगरपालिका ४ माईतिघर भएकी भीरू शाही माथि निजका पतिले अर्को बिबाह गरेकाले बहुबिबाहको मुद्धा लेखी सहयोग गरी न्याय पाउ भनि कानुनी सहयोग लिन गएको समयमा भीरु बुढा शाहीलाई पनि मुद्धा लेखेको शुल्क लिएर मात्र काम गर्ने बताएको आरोप लागेको छ ।
धीरुले हामी जस्ता पीडितका मुद्दा लेख्न र बहस गर्न त तपाईं वैतनिक वकिल रहनुभएको हो भनि प्रश्न गर्दा बिबाद भएपछि मात्र जाहेरी तयार गरिएको तर जाहेररीमा प्रमाणित गर्न नमानेको धीरुले बताइन । वैतनिक वकिल घनश्यामले उल्टै पीडितका पती र सौतालाई भेटी उनीहरूलाई बचाउनका लागि मोटो रकम माग गरी पीडकको पक्षमा बहस हेर्न खोजेका भन्ने गुनासो बुढा शाहीले आरोप लगाएकी छिन् ।
वकिल उपाध्यायले जगदुल्लाको अँगद महताराबाट जवरजस्ति करणी मुद्धा मिलाईदिन्छु भनेर ७ लाख लिएको पीडित सुनाउछन । त्यसैगरी छार्काताङ्सोङ्गको उर्केनबाट जवरजस्ती करणीको मुद्धामा १८ लाख रूपैयाँ लगेर उक्त मुद्दा समेत हराएको आरोप लागेको छ ।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
४ घण्टा अगाडि
2.3kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





