सप्तरीमा पछिल्लो तीन घन्टामा भारी वर्षा,सचेत रहन आग्रह

सप्तरीमा भारी वर्षा  मापन भएको छ।जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार पछिल्लो तीन घन्टामा भारी वर्षा मापन भएको हो।

सप्तरीको फत्तेपुर स्टेशनको मापन अनुसार सप्तरीमा पछिल्लो तीन घन्टामा ८८.२ मिलिमिटर वर्षा भएको छ। यहाँ पछिल्लो एक घन्टामा २३.२ मिलिमिटर वर्षा मापन भएको छ।केही दिनदेखि रोकिएको भारी वर्षाको क्रम पुनः सुरू भएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा राति गण्डकी र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान् छ।

वर्षाबाट हुन सक्ने क्षतिबाट बँच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Facebook Comments Box
TOP
Shares