

तीन दिदीबहिनी द्वारा सञ्चालित हेभनमेक हेल्थ स्पा : कलिला किशोरीहरुको प्रयोग देखि यौनजन्य गतिविधि सम्म
काठमाडौं साउन ९ । काठमाडौंको बौद्धमा संञ्चालित हेभनमेक हेल्थ स्पाले मसाज र स्पाको नाममा खुलमखुल्ला यौनजन्य गतिविधि गर्दै आईरहेको पाईएको छ । बौद्धको सिटीजन्स बैंक अगाडि रहेको गोकर्णेस्वर नगरपालिकाको पुरानो वडा नं ६ को कार्यलय रहेको भवन भाडामालिई एकाघरको तीन दिदिबहिनी मिलि मसाज र स्पाको नाममा बिगत तिनमहिना देखी खुलमखुला यौन धन्दा चलाँउदै सम्बन्धित निकाय र प्रहरी प्रशासनलाई समेत ठाडो चुनौती दिँदै आईरहेको पाईएको हो । पश्चिम तिर घरबताउने राधिका सिंह ठकुरी ,अजिता सिंह ठकुरी (शुसा), र कञ्चन सिंह ठकुरी (अविसु) हेभनमेक हेल्थ स्पाको संञ्चालिकाहरु हुन भने बौद्धका एक कलेजका कक्षा ११ का विद्यार्थी हरुपनि । संञ्चालिकाहरु आफै किशोरी त्यसमा पनि आफ्नै उमेरका दौंतरी ,कक्षाका सहपाठीहरुलाई स्पा र मसाजमा रोजगारी दिने नाममा प्रयोग गरि छोटो समयमै धनाढ्य बन्ने सपना बोकेका यी तिन दिदीबहिनीले गत जेठ महिना बाट हेभनमेक हेल्थ स्पा संञ्चालन गरेका थिए । हाम्रा सोर्तको अनुसार केही पँहुचवाला व्यक्तिहरुको संरक्षण र लगानीमा आफ्नो निहित स्वार्थको लागि लगानी गरि यी कलिला किशोरी हरुलाई संञ्चालिका बनाई हेभनमेक हेल्थ स्पा र मसाज सेन्टरको नाममा खुलमखुल्ला यौनजन्य गतिविधि गराई आर्थिक लाभ लिनुनै हो । सोर्तका अनुसार केही समय अगाडि यी तीन दिदीबहिनीले स्पा सञ्चालन गरेको २७ दिनमा कलिला किसोरी हरुको व्यावसाय र पुरुषहरुको बाक्लो उपस्थित देखेर
प्रहरीले छापा हान्दा स्पाका संञ्चालिकासहित ग्राहक पक्राउ परेका थिए। बौद्धमा संञ्चालित विभिन्न मसाज सेन्टरहरुमा छापा मारेर ४/५ जना युवतीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत बौद्ध प्रहरीले जानकारी दिएको थियो ।
प्रहरीका अनुसार स्पामा पक्राउ परेका युवतीेहरु मसाज सेन्टरमा काम गर्ने नाममा यौन ब्यावसायमा संलग्न भएको पाइएको बताईएको छ। प्रहरीले ती युवतीहरुलाई मसाजको नाममा यौन धन्दामा लगाउने संञ्चालकलाई पनि पक्राउ गरेको थियो। सो स्पा सेन्टरमा मसाज गर्न गएका ग्राहक समेत पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।
मसाजको नाममा यौन धन्दा लगाउने भुमिकामा देखिएका संञ्चालिकाले प्रक्तिब्यक्ती २ हजारदेखी सातहजार सम्म लिएर ग्राहकहरुसँग युवतीहरूलाई अबैध यौन धन्दामा लगाउने गरेको प्रहरी स्रोतको भनाई छ।
पक्राउ परेका युवतीहरु हेभन मेक हेल्थ स्पामा कार्यरत थिए। मसाज सेन्टरको बोर्ड राखेर भित्र यौन धन्दा सञ्चाल गर्ने हेभन मेक हेल्थ स्पाका संञ्चालिका राधिका सिंह र सुशा सिंह ठकुरीलाई पनि प्रहरीले पक्राउ गरेर केही दिन हिरातमा समेत राखेको प्रहरी स्रोतले जानाएको छ।
काठमाडौंको बौद्धमा स्पा र मसाजको नाममा संञ्चालित यस्ता मसाज सेन्टरहरुमा युवती र युवाहरु मिलेर यौन ब्यवसाय सञ्चालन गर्दै आएको प्रहरी स्रोतले दाबी गरेको छ।
प्रहरीलाई पनि मसाज सेन्टरमा हुने अनैतिक क्रियाकलापबारे राम्रोसँग जानकारी रहेको देखिन्छ। महानगरिय प्रहरी वृत्त बौद्धले अहिले बेलाबेला अनुगमन नै गर्ने गरेको एक मसाज सेन्टरका संञ्चालकले बताएका छन्।
केही दिन अघिमात्र अनैतिक क्रियाकलाप गरेको अवस्थामा भेटिएका बौद्धको हेभन मेक हेल्थ स्पा सेन्टरले केही दिन त आफ्नो व्यसाय बन्द नै गरेको स्रोतले बताएको छ। प्रहरीका अनुसार ३/४ जनालाई काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर बौद्ध प्रहरीको जिम्मा लगाएपछि हेभन स्पा बन्द भएकाे थियो।
बौद्ध प्रहरीले महिनावारी उठाउने र हप्तावारी उठाउने भन्ने आरोप परिसरमा पुगेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आफ्नो परिसरको छुट्टै टोली पठाएर छापा हानेको स्रोतले बतायाे।
त्यस्तै छापा हान्ने क्रममा कन्डमदेखि ढोका थुनेर अनैतिक क्रियाकलाप भएको अवस्थामा जोडी नै भेटिएपछि पक्राउ गरेर बौद्ध प्रहरीको जिम्मा लगाएको परिसर प्रहरी स्रोतले जनाएको छ।
एक ग्राहकले भने राम्रो सोच राखेर संञ्चालन भएका स्पा र मसाज सेन्टरहरूमा कन्डम किन चाहिन्छ ढोका किन थुन्नुपर्यो, त्यसैले गलत काम हुन्छ भनेर अड्कल काट्न गाह्रो छैन ती ग्राहकले भने।
त्यस्तै उनले भने स्पा र मसाज सेन्टरमा हुने धन्दालाई रोक्न प्रहरीलाइ पनि गाह्रो भएको छ। ‘यो त मुसा र बिरालोको खेलजस्तो मात्र भएको छ। ‘छापा मारेको केही समयमा स्पा र मसाज सेन्टरले पालना गरेजस्तो गर्छन्, फेरि उल्लंघन गरिहाल्छन् उनले भने।
यो धन्दा रोक्न अब जिल्ला प्रहरी परिसर काठमाडौं सक्रिय भएर लाग्ने एसएसपी दान बहादुर कार्काीले बताएका छन्। केही समय अगाडि हेभन मेक हेल्थ स्पामा प्रहरीले छापा हान्दा अनैतिक क्रियाकलाप भएको भेटिएपछि ग्राहकसहित केही युवती प्रकाउ गरेको प्रहरीले पुष्टि गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अब पनि त्यस्तो क्रियाकलाप गरेको भेटिए हेभन स्पा सेन्टर बन्द गर्ने बताएको छ। मसाजकाे लागि संञ्चालन भएका स्पाहरूमा अनैतिक काम हुने भएपछि त्यस्ता स्पाहरूमा रोक लगाउने योजनामा प्रहरी सक्रिय भएको देखिन्छ।
हेभन स्पाका संञ्चालिक केही दिन प्रहरी हिरासतमा बसेर धरौटीमा छुटेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार उनिहरूलाई चेतावनी दिएर अबदेखि त्यस्तो क्रियाकलाप नगर्ने सर्तमा हिरासत मुक्त गरिएको हो । प्रहरीले हेभन स्पाको ७/८ नम्मर कोठामा त्यस्तो अबैधानिक क्रियाकलाप भएको भेटाएको थियो।
हेभन मेक हल्थ स्पाकी सञ्चालिकाले अहिले पनि सामाजिक सञ्जालकाे दुरूपयाेग गरिरहेकाे देखिन्छ। हामीले याे विषयमा प्रहरीलाइ कुरा गर्दा त्यस्ताे कुनै दुरूपयाेग गरेकाे भेटिएमा कानुनी कारबाही गर्ने र एकपटक चेतावनी दिएर पनि फेरि त्यस्ताे काम गरेकाे भेटिए कडा कारबाही गर्ने प्रहरी स्राेतले जनाएकाे छ।
हेभन स्पाले बालबालिकाकाे समेत अझै प्रयाेग गर्दै आएकाे र साजिक सञ्जाल टिकटकमा बालबालिकाे प्रयाेगदेखि अस्लिल क्रियाकलाप गरेका भिडियाे र फाेटाेहरू देख्न सकिन्छ।
त्यही अस्लिल क्रियाकलाब देखाएर ग्राहकसँग पैसा असुली गर्नेदेखि अबैधानीक धन्दा चलाइरहेकाे एक निमित ग्राहकले रिपाेर्टिङकाे क्रममा बताएका छन्। जिल्ला प्रहरी परिसर काठमाडाैंसँग कुरा गर्दा त्याे विषयमा थप बुझेर त्यस्ताे भएकाे पाइएमा कानुनी कारबाही गर्ने बताएकाे छ।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
४ घण्टा अगाडि
2.3kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





