

प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) मृत भेटिए
काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) मृत भेटिएका छन् । वरिष्ठ सई उज्ज्वल पौडेल होटलमा मृत अवस्थामा भेटिएको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनुभयो ।
पर्दाको पासो लगाएको अवस्थामा बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पौडेल मृत भेटिएका हुन् । प्रहरीले अनुसन्धानका लागी होटल संचालिका र छोरालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।
मृतक सई पर्वतका स्थानीय हुन् । उनका आफन्त घटनास्थलमा पुग्दै छन् । इलाका प्रहरी कार्यालय भिमगिठेबाट सो होटल १० किलोमिटर पर छ ।
घटना सोमबार राति साढे १२ बजे भएको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट करिब ७४ किलोमिटरको दुरीमा छ ।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
४ घण्टा अगाडि
2.3kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





