

आलु उपाहार बाँड्दै दोलखाको सैलुङ गाउँपालिका
काठमाडौं । आलु खेती प्रवर्द्धनको लागि दोलखाको सैलुङ गाउँपालिकाका किसानले विभिन्न राजनीति दलका शीर्ष नेतालाई कोसेलीको रूपमा आलु उपहार दिएको छ । जिल्लाको शैलुङ्ग गाउँपालिका भित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि गौरीशङ्कर च्छोरोल्पा मिडिया प्रा.लि को ब्यानरमा ‘हाम्रो अभियान कृषकलाई प्रोत्साहन’ भन्दै कोसेलीको रूपमा आलु उपलब्ध गराएको हो ।
मिडिया प्रा.लिका अध्यक्ष प्रवीण थपलियाले गाउँपालिकाभित्र पछिल्लो समयमा आलु उत्पादनमा उत्साहजनक रूपमा वृद्धि भएकाले खेती प्रवर्द्धनको लागि उत्पादित आलु शीर्ष नेता र मन्त्रिलाई कोसेली स्वरूप उपलब्ध गराइएको बताएका छन् । ‘आलु खेती प्रवर्द्धनको लागि कृषि मन्त्रालयको ध्यानाकर्षण गराउन कृषि मन्त्रालय सहित देशको प्रमुख नेताहरूलाई आलु उपहार दिइएको छ’ उनले भने, आलु उत्पादनको पर्याप्त सम्भावना भएको दोलखाको सैलुङ स्थानीय तहले यसको उत्पादन वृद्धि गर्नका लागि पर्याप्त लगानी गर्न कृषकलाई प्रोत्साहन होस् भनेर हामीले आलु उपहार दिइएको हो ।’
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
५ घण्टा अगाडि
2.4kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





