

केन्द्रिय कारागार सुन्धाराको जेलर ललित बस्नेत कमाउ धन्दामा व्यस्त
काठमाडौँ । काठमाडौँ केन्द्रिय कारागार सुन्धाराका जेलर ललित बस्नेतले आफ्नो काम कर्तव्य र मर्यादाभन्दा बाहिर गएर सम्पत्ति आर्जन गर्ने धन्दामा लागि परेका छन् ।
बस्नेतले अति बिवादित महिला कैदी अनिला श्रेष्ठसँग साँठगाँठ गरी महिला कारागारतर्फ ठूलो रकम असुल्ने गरेको स्रोतको दाबी छ । कारागारभित्र कैदी तथा बन्दी जिवन बिताई रहेकाहरुको सरुवा गरिदिने धम्कीका साथै स्थानान्तरणको कागज बनाएर बहिदार नाइके पदमा रहेकी अनिला श्रेष्ठमार्फत् प्रति व्यक्ति दुई लाखदेखि ५ लाखसम्म असुल्ने गरेको तथ्य फेला परेको छ । कैदी बन्दीहरुलाई छुटाइदिने कैद मिनाहा पारिदिने जस्ता झुठा आश्वासन दिँदै ठगी गर्ने अनिला श्रेष्ठको कुकार्यको ढाकछोप र बचाउमा जेलर बस्नेत लागी परेका छन् । कारागार व्यवस्थापन विभाग र गृहमन्त्रालयका धेरैजसो कर्मचारीहरु समेतलाई थाहा छ कि बस्नेतको ३ महिनाको कार्यकाल र दिनचर्या अनिला श्रेष्ठको बचाउमा मात्र खर्चेको कहीँकतैबाट लुकेको छैन । यहाँसम्मकी आफ्नो उपसचिव पदको जागीरसमेत धरापमा पर्ने गरी बिवादित अनिला श्रेष्ठलाई आउँदो चौकिदार पदको लागि सिफारिस गरेको तथ्यले भित्रभित्रै ठूलो चलखेलको पुष्टी गर्दछ । एउटी जेल जिवन बिताइरहेकी कैदी जेलरको यो बिलासी र रमाइलो कथा सायद अहिलेसम्मकै स्मरणीय नाटकझैँ मञ्चन भइरहेको आभाष हुँदैछ ।
विभिन्न संचार माध्यमहरुमा अनिलाको समाचार आउँदासमेत नत जेलर बस्नेतलाई कुनै अप्ठ्यारो महसुस छ न त कारागार व्यवस्थापन विभागलाई नै कुनै आपत्ति । उता गृहमन्त्रालयलाई भने पत्रपत्रिका, अनलाइन तथा स्वयं उपस्थित भएर दिएको जेलर ललित बस्नेत र अनिला श्रेष्ठको बारेको उजुरी हेर्न भ्याइनभ्याई छ । तर यसको सुनुवाई भने सून्य देखिन्छ ।
केही हप्ता अघिमात्र केही महिला जेलको कैद भुक्तान गरी गृहमन्त्रालय समेत पुगी जेलर ललित बस्नेत र अनिला श्रेष्ठबाट आफु सिधै ठगीएको स्वयम् उपस्थित भई दिएको उजुरीको सुनुवाई नहुनुले यो देशमा पैसा भए जसले जे गर्दा पनि हुने रहेछ भन्ने तथ्य यसले पुष्ट्याई गरिदिएको पीडितको गुनासो छ । यस्तैमा चौतर्फी बिवादको घेरामा मुछिएकी कैदी अनिला श्रेष्ठको ठाउँमा उनकै आमाजू साइनो पर्ने अर्की बिवादित निशा छिनाललाई मोटो रकम लिएर ललित बस्नेतले चौकिदार बनाउन लागेको रहस्य स्रोतबाट खुलेको छ ।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
५ घण्टा अगाडि
2.4kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





