

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ महोत्तरीमा , प्रशासन र सुरक्षा प्रमुखहरूलाई विविध निर्देशन
बर्दिबास। संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेश, महोत्तरीका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिनुभएको छ। विभिन्न भेटघाट तथा कार्यक्रमका लागि आज यहाँ आउनुभएका उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज (अनुचित लेनदेन)पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिन समेत निर्देशन दिनुभयो।
‘मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धि कानुन सकभर आज नै राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा जाने छ।’ उहाँले भन्नुभयो- ‘एकातिर कानुन छ, एकातिर आयोग छ, एकातिर तपाईंहरू हुनुहुन्छ। सकेसम्म अहिले नै आवश्यक समन्वय गरेर पीडितलाई न्याय दिनुहोस्।’
नेपाल-भारत सीमामा हुने सामान ओसारपसारमा राज्यलाई नोक्सान पुर्याउने वा अवैध ओसारपसार गर्ने कामलाई कडाईका साथ नियन्त्रण गर्न तर वास्तवमै जनताको दैनिक आवश्यकता र व्यापारीक उद्देश्य के हो त्यसलाई दुईपाटोबाट हेर्न उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिनुभयो। ‘दैनिक व्यवहारिक आवश्यकता टार्न सामान ल्याउने कुरामा लचक हुनुहोस् र व्यापारीक प्रयोजनमा ल्याएको भए कडाई गर्नुहोस्।’ उहाँले भन्नुभयो। मलको हकमा पनि यहीँका किसानले आफ्नै प्रयोजनका लागि ल्याएको भए लचक हुन उहाँले निर्देशन दिनुभयो।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
५ घण्टा अगाडि
2.4kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





