

एलपी ग्यासको आयातमा कमी
काठमाडौँ । गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको पाँच लाख १४ हजार ३४० मेट्रिक टन एलपी ग्यास आयात भएको छ । गत आवमा ६५ अर्ब ५५ करोड ९७ लाख चार हजार रुपियाँ बराबरको पाँच लाख ३५ हजार ८६५ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा ग्यासको आयात परिणाम र परिमाण दुवैमा कमी आएको विभागको तथ्याङ्क छ । एक वर्षमा बजारमा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ । नेपाल आयल निगमका अनुसार मासिक ग्यासको खपत ४२ हजार ६८१ मेट्रिक टन हुने गरेको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको जानकारी दिए । विद्युत् आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको उहाँको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
५ घण्टा अगाडि
2.4kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





