

विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ
काठमाडाै, १७ साउन । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कैलालीकाे कैलालीका विभिन्न ठाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमध्ये गोदावरी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरसहित ३ जना ३० मिलिग्राम तथा सु.प.प्रदेश ०१-०११ प ५५१६ नम्बरको मोटरसाइकलसहित धनगढी उपमहानगरपालिका-३ स्थित फाप्ला ग्राउण्डबाट, धनगढी उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय राहुल राना र २० वर्षीय अरुण रानालाई करिब ७ सय मिलिग्राम तथा सु.प.प्र ०१०१० प ९५९६ नम्बरको मोटरसाइकलसहित सोही उपमहानगरपालिका-३ ब्यारेलबाट र गोदावरी नगरपालिका-१ बस्ने २३ वर्षीय तेज साउदलाई करिब ४ सय मिलिग्रामसहित सोही नगरपालिका-१ धनगढी रोडबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुरकाे कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये भिमदत्त नगरपालिका-९ ब्रह्मदेव बस्ने ३४ वर्षीय भानुभक्त जोशीलाई करिब २ ग्राम २४ मिलिग्रामसहित सोही ठाउँबाट र भिमदत्त नगरपालिका-१० गड्डा बस्ने जनक बहादुर कार्कीलाई करिब ९ ग्राम १७ मिलिग्रामसहित सोही नगरपालिका-१० भुजेला पुलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।
कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित गोरखा सिरानचोक गाउँपालिका-४ घर भएका २३ वर्षीय विकास सिर्मललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले ग.१ ख ४०९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय तिर्थ रावतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहाकाे सिरहा नगरपालिका-१७ पटेर्वा बाँधस्थित सडकबाट करिब ७ किलो गाँजा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीलाई देख्नासाथ बीआर ३२ सी ६०२२ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएपश्चात् मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
७ घण्टा अगाडि
2.5kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





