

सामाखुशीको खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि फेला
16.8kViews
0
Shares
काठमाडौं साउन १९। गत साउन ७ गते काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि फेला परेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार १३ वर्षीय बालक विधान आलेमगर (साजन)को शव ११ दिनपछि दक्षिणकालीको बागमती नदीको किनारमा भेटिएको हो।
बाढी आएको खोलामा खसेर बेपत्ता भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र रुपमा अघि बढाएको थियो । तर, प्रहरीले उनको शव फेला पार्न सकेको थिएन । खोलामा खसेर बेपत्ता भएको ११ दिनपछि त्यहाँका स्थानीय वासिन्दाले उनको शव भेट्टाएका थिए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
Facebook Comments Box
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
८ घण्टा अगाडि
2.6kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





