

गुन्डा नाईके बाहुन जेल मुक्त पश्चात् उपत्यकामा सलबलाउन थाले
काठमाडौं साउन १९ । करिब ९ बर्ष ६ महिना जेल जीवन विताई जेल मुक्त भएका अपराधिक गतिविधिका बादशाहका रुपमा कहलिएका गुन्डा नाईके सुजन पौडेल उर्फ रमेश बाहुनका समुह फेरि सलबलाउन थालेको पाइएको छ ।
यसको ज्वलन्त उदाहरण भनेको उनकै टिकटकमा गरेको गतिविधिविधिबाट प्रष्ट हुन्छ । बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्रामा राख्दा पनि सिधा नभएको जस्तै झण्डै १० वर्ष जेल जिवन विताएर आएका रमेश बाहुनको पनि त्यस्तै पारा पछिल्लो गतिविधिले देखिन थालेको छ ।
काठमाडौ, ललितपुर भक्तपुर काभ्रे, सिन्धुपाल्चोक, रामेछापलगायत बाहुनले पुनः आफ्नो संजाल बनाउन थालेका छन् । बाहुन आफु अब साधारण जिवन जिउने र बाँकी जिवन सामाजिक कार्यमा बिताउने भनिए पनि हात्तिको जस्तो देखाउने दाँत र चपाउने दाँत फरक भएजस्तै बाहुन भित्री रुपमा आफ्नो संजाल संचालन गर्दै आई रहेको प्रहरी श्रोतको दाबी छ । बाहुनको यस्तो गतिविधिले नेपाल प्रहरी माथि नै प्रश्नचिन्ह खडा भएको छ । बाहुनले टिकटक मार्फत् समुह शो गरेर ब्यापारी र ठेकदार त्रसित पार्ने गरेको नेपाल प्रहरीका एक प्रहरी अधिकृतले बताए । प्रहरीले पनि बाहुन माथि निगरानी थाली सकेको बताएको छ । बाहुनको केहि प्रहरी अधिकृतसँग राम्रो हिमचिम रहेको स्वयम् प्रहरीहरुको नै बताउने गरेका छन् ।
पछिल्लो समय पूर्व मन्त्रीहरु, ठूला व्यापारीहरुलाई ठाउँको ठाउँ कारबाहीको दायरामा ल्याउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ सफल भइरहेको अवस्थामा गुण्डा नाइकेको रुपमा रहेको रमेश बाहुनलाई कारबाहीको दायरामा ल्याउन प्रहरीका उच्च अधिकारीहरुलाई निर्देशन दिइसकेको उच्च प्रहरी स्रोतले जनरक्षालाई बताएको छ ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
८ घण्टा अगाडि
2.6kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





